प्रतिनिधिसभामा उम्मेदवार बन्न राजीनामा दिने जनप्रतिनिधिको सङ्ख्या बढ्दो

प्रतिनिधिसभामा उम्मेदवार बन्न राजीनामा दिने जनप्रतिनिधिको सङ्ख्या बढ्दो

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्न राजीनामा दिने जनप्रतिनिधिको सङ्ख्या बढिरहेको छ ।

 

हिजो काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले राजीनामा दिनुभयो । उहाँहरू दुवै जना यसअघि भएको पालिका चुनावमा स्वतन्त्रबाट जितेका चर्चित मेयर हुनुुहुन्छ ।

 

यस्तै चितवनकाे भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भोलि राजीनामा दिएर मनोनयन दर्ता गराउने बताउनुभएको छ ।

 

पालिकाका जनप्रतिनिधि मात्र नभइ प्रदेश सांसदहरूले पनि राजीनामा दिने क्रम चलिरहेको छ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीसतिश सिंह र निवर्तमान सभामुख रामचन्द्र मण्डलले सांसद पदबाट राजीनामा दिनुभएको छ ।

 

यस्तै चुनावमा प्रतिस्पर्धाकै लागि सङ्घीय सरकारका मन्त्रीहरू कुलमान घिसिङ र बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिनुभएको छ ।

 

निर्वाचन आयोगले गएरातिदेखि लागू गरेको निर्वाचन आचारसंहितामा पालिकामा निर्वाचित व्यक्ति सङ्घीय संसद्को उम्मेदवार बने स्वतः पदमुक्त हुने व्यवस्था गरेको छ । तर अदालतले जनप्रतिनिधिले राजीनामा दिनुपर्ने नजिर रहेका कारण स्वतः पदमुक्तभन्दा राजीनामा दिनु उचित हुने निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, माघ ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij