बुटवल
रुपन्देही व्यापार संघमा आज पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । संघको १० औं अधिवेशनबाट निर्वाचित नया कार्यसमितिले आज पदभार ग्रहण गरेको हो । पदस्थापन कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का उद्योग,पर्यटन,वन तथा बातावरण मन्त्री लिला गीरीले व्यवसाय र लगानी मैत्री बातावरण निर्माणमा प्रदेश सरकार लागेको बताए । व्यवसायीका समस्याहरुको उचित सम्बोधन गर्दै लगानी प्रर्बद्धनकालागि सहकार्य गरेर अगाडी बढने मन्त्री गीरीले बताउनुभयो । सोही अवसरमा मन्त्री गीरीले नबनिर्वाचित कार्यसमितिलाइ प्रमाणपत्र बितरण गर्नुभउको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभासद तथा नेकपाका केन्द्रिय सदस्य दधिरााम न्यौपानेले राष्ट्रको विकास र समृद्धिमा व्यवसायीको महत्वपुर्ण योगदान रहने भएकाले सरकारले नीजि क्षेत्रलाइ समेटेर अगाडी बढनु पर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, व्यवसाय विकास प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञवाली लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाइ बधाइ तथा सुभकामना दिए । नवनिर्वाचित अध्यक्ष यमलाल लोहनीले आर्थिक समृद्धिको लागि प्रदेश र स्थानीय सरकारसग आवश्यक छलफल र सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। पदस्थापन कार्यक्रममा संघका निर्वतमान अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्षता र महासचिव प्रकाश ढकालको संचालनमा भएको थियो ।
प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्