JanataToday.com

Advertisment

SKIP THIS

समाजमा शान्ति सुरक्षा र जनता सुखि हुन आवश्यक : न्यायधिश श्रेष्ठ

समाजमा शान्ति सुरक्षा र जनता सुखि हुन आवश्यक : न्यायधिश श्रेष्ठ

कपिलवस्तु, सुखी नेपाली, समृद्ध नेपाल बनाउन देशको विकास सगै समाजमा शान्ति सुरक्षा र जनता सुखि हुन आवश्यक पर्ने जिल्ला न्यायधिश लालकाजी श्रेष्ठले बताउनु भएको छ । उहाँले व्यक्ति, समाज, राष्ट् र देश राम्रो बनाउन व्यक्ति स्वयमले आफनो ठाउँबाट निस्पक्ष तरिकाले काम गर्नु पर्ने बताउनु भयो । समुदायमा सरकारी वकिल र प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । राज्य भनेको शान्ति सुरक्षा कायम गर्न बनेको बताउदै संविधानले बनाएको नियम कानुन मान्य हुने बताउनु भयो । राज्यमा न्यायपालिका, कार्यपालिका र व्यस्थापिका भएको हुदाँ अपराध गर्ने व्यक्ति अपराधबाट भाग्न नहुने बताउनु भयो ।

बैज्ञानिक अनुसन्धान वस्तुनिष्ट अभियान प्राभवकारी प्रतिरक्षा हाम्रो प्रतिबद्धता भन्ने नारामा भएको कार्यक्रममा जिल्ला न्यायधिश श्रेष्ठले वकिल र प्रहरीको भुमिका उतिकै रहने भएकाले समाजमा शन्ति सुरक्षा व्यवस्थित बनाउन प्रहरी र जनता साथी बनु पर्ने तर्क गर्नुभयो । जनतालाई अधिकार संविधानले दिएको हुदाँ समाजमा नारी र पुरुषको उतिकै भुमिका रहने स्पष्ट पार्नु भयो ।कार्यक्रममा साहायक जिल्ला न्यायधिश वक्ता चुरामणि पराजुलीले समुदाय सरकारी वकिल कार्यक्रमको कार्यपत्र पेश गदै महान्यधिक्ताको काम कर्तव्य र अधिकार,सरकारी वकिल पीडीतको संरक्षक कसरी भयो, फौजदारी मुद्धामा खडा हुने कागजहरु , सरकारी वकिल अभियुक्तक मानव अधिकारको रक्षक लगायतको कार्यपत्र पेश गर्नु भएको थियो ।

यस्तै प्रहरी निरीक्षक आयुष प्रसाद जोसीले समुदाय प्रहरी साझेदारी कार्यक्रमको कार्यपत्र पेश गदै अनुसन्धानमा प्रहरीको भुमिका, प्रहरीको स्थापना किन भयो ? मुद्धा प्रक्रिया भनेको के हो ? अपराधिलाई कसरी प्रकाउ गर्ने , घटना मुचुल्का कसरी गर्ने कार्यपत्र पेश गर्दै दुर्घटना र आत्महत्याका घटना बढि भएको बताउनु भयो ।वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, कानुनि सल्लाकार हुमनाथ पाण्डे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई, प्रहरी उपरीक्षक दीप शमशेर जवरा, प्रहरी नायव सुनिल मल्ल, वडा अध्यक्ष र प्रहरी को सहाभगितामा कार्यक्रम सम्पन्न भएको थियो ।वाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन साहायक जिल्ला न्यायधिश वक्ता चुरामणि पराजुलीले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायशि लालकाजी श्रेष्टले वाणगंगा नगरपालिकाले आयोजना गरेको सात दिने मेलमिलाप कर्ता तालिमको मेलमिलाप कर्ताहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमका अध्यक्ष मेयर थारुले सपथ ग्रहण पछि मेलमिलाप कर्ताहरुले आ आफनो ठाउँबाट महत्वपूण भुमिका खेल्न आग्रह गर्नु भयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij