तिलोत्तमा, रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

परासीतर्फबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान टोल गेट नजिक ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना करिब साढे पाँच बजेतिर भएको र घाइतेहरुलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए ।
‘घाइतेमध्ये केहीको टाउको चोट लागेको छ, उपचार भइरहेको छ,’ अस्पतालमा रहेका अध्यक्ष यादवले भने ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : मंगलबार, माघ २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्