दिनमा १३ लाख मतपत्र: चुनावको तयारी तीव्र

दिनमा १३ लाख मतपत्र: चुनावको तयारी तीव्र

काठमाडौँ — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले मतपत्र छापिरहेको हो ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए । दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम गरिने उनले बताए ।

‘केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमुना मतपत्र निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ । २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी ‘प्याकिङ’ सम्पन्न गरिसकेको छ,’ उनले भने, ‘प्रत्यक्षतर्फको मतपत्र छपाइ यसै महिनामा सम्पन्न गर्छौं ।’

समानुपातिकतर्फको मतपत्र माघ २५-२६ देखि ढुवानीको काम सुरु हुने र महिनाको मसान्तसम्म प्रत्यक्षतर्फको मतपत्र छपाइ सकेर फागुनको १-२ गतेसम्म जिल्लामा ढुवानी हुने उनले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ८० लाख थान मतपत्र छपाइ सम्पन्न भएको छ । ‘समानुपातिकतर्फको २ करोड ८ लाख ५४ हजार ८ सयप्रति मतपत्र छपाइ सम्पन्न गरी माघ १२ गतेदेखि प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको छ,’ पौडेलले भने, ‘आगामी फागुन ३ भित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने निर्वाचन आयोगको योजनाअनुसार केन्द्रले काम गरिरहेको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्ने व्यवस्था गरेको जनाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij