रुपन्देही – नेपाली कांग्रेस क्षेत्र नं. ३ प्रदेश ‘ख’ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. १५ सेम्लारमा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुशील गुरुङले एक कार्यक्रमका बीच उक्त कार्यालय उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले लोकतन्त्रको सुदृढीकरण, समावेशी विकास निर्माण र जनताको दैनिक जीवनसँग जोडिएका समस्याको समाधान नै कांग्रेसको प्राथमिकता रहेको उल्लेख गर्दै जनताको साथ, सहयोग र विश्वासकै आधारमा निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको दिगो समाधान नेपाली कांग्रेसको प्रमुख एजेन्डा रहेको स्पष्ट पार्नुभयो। उहाँले संविधान, कानुन र सामाजिक न्यायको आधारमा वास्तविक सुकुम्बासीलाई पहिचान गरी उनीहरूको समस्या समाधान गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो।

पार्टि अध्यक्ष शेस नारायण नेपालको शभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार रिता सेन, पार्टीका जिल्ला, क्षेत्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले प्रचार–प्रसार कार्यालय स्थापना भएसँगै निर्वाचन अभियान थप प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेका थिए।

यस अवसरमा उम्मेदवार गुरुङसहित पार्टीका नेता–कार्यकर्ताहरूले मतदाता तथा कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्नुका साथै घरदैलो अभियानसमेत सञ्चालन गरेका थिए। स्थानीयवासीहरूसँगको संवादका क्रममा उनीहरूले स्थानीय समस्या, अपेक्षा र सुझावहरू संकलन गर्दै तिनलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाएका थिए।
नेपाली कांग्रेसका अनुसार उक्त कार्यालयमार्फत आगामी दिनमा मतदाता भेटघाट, घरदैलो अभियान, चुनावी कार्यक्रम सञ्चालन तथा जनसम्पर्कलाई थप सशक्त बनाइनेछ।

प्रकाशित मिति : शुक्रबार, माघ २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्