बुटवल लायन्स आँखा अस्पतालको २३ औ स्थापना दिवस सम्पन्न ,दुई कर्मचारीहरु सम्मानीत

बुटवल लायन्स आँखा अस्पतालको २३ औ स्थापना दिवस सम्पन्न ,दुई कर्मचारीहरु सम्मानीत

बुटवल

बुटवल लायन्स आँखा अस्पताल, बुटवल को २३औं स्थापना दिवस आज सम्पन्न भएको छ। कार्यक्रम अस्पतालका सभापति लायन रामेश्वर श्रेष्ठको सभापतित्व एवम् बुटवल उपमहानगरपालिका का नगर प्रमुख शिवराज सुवेदीुको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । यस कार्यक्रममा विशिष्ट अतिथि क्रमशः नेपाल नेत्र ज्योति संघ प्रदेश नं ५ का सभापति तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका सभापति श्री सागर प्रताप राणा लायन्स मल्टिपल काउन्सिल ३२५ का काउन्सिल चेयरपर्सन एमजेएफ लायन सुनिल वझा लगायत पिडिजि एमजेएफ लायन महेन्द्र नारायण श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका अध्यक्ष लायन नरेश कुमार श्रेष्ठ , अस्पतालका मेडिकल डाईरेक्टर डा. उपेन्द्र देव भारी लायनेस क्लब अफ बुटवलका अध्यक्ष लायनेस पुजन श्रेष्ठ लायन्स, लायनेस तथा लियो क्लबका पूर्व अध्यक्ष तथा सदस्य हरु, अस्पतालमा कार्यरत कर्मचारीूहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । स्थापना दिवसको अवसरमा, अस्पतालमा शल्यक्रिया गरेका विरामीहरुलाई फलफूल वितरण पनि गरिएको थियो । कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर डा. उपेन्द्र देव भारी ूले अस्पतालले वर्ष २०७५।२०७६ मा गरेका गतिविधि तथा वर्ष २०७६।२०७७ मा गर्ने कार्यक्रमहरुको लक्ष्य एवम् प्राप्त गरेका उपलब्धिहरुबारे सम्पूर्णमा जानकारी गराउनु भयो र बुटवल लायन्स आँखा अस्पतालले आफ्नो स्थापनाकाल देखि हाल सम्म ७००६६७ जना विरामीहरुको आँखा जांच तथा २१०६८ जना मोतिविन्दु भएका विरामीहरुको सफल शल्यक्रिया गरेको लगायत अस्पतालले गरेका विविध गतिविधिहरु बारे अस्पतालका सभापति ले संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो ।

anniversary.jpg
कार्यक्रममा सभापतिले स्वागत् मन्तब्य सहित अस्पताल विरामीहरुलाई सेवा प्रदान गर्न अग्रसर रहेको र अस्पतालले आँखा सेवा ग्राहीहरुका लागि सेवा सुविधाहरु थप्दै लैजाने पनि जानकारी गराउनु भयो । यसै गरि, अस्पतालका मेडिकल डाईरेक्टर लेअस्पतालमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिदै यस वर्ष दुई जना कर्मचारी हरुको मुल्याङ्कन गरि सम्मान गर्नु भएको थियो र सम्मान प्राप्त गर्नु हुने कर्मचारीदय हरु क्रमश कमल गौतम, ल्याब सहायक तथा रमिला श्रेष्ठ, स्टोर सहायक हरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथि ज्युहरु मार्फत प्रशंसा पत्र दिई सम्मान गरिएको थियो र आगामी दिनहरुमा अन्य कर्मचारीहरुलाई पनि निरन्तर रुपमा यसरी नै सम्मान गरिने जानकारी गराउनु भयो ।
कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि ज्यूहरु द्दारा अस्पतालले गरेका कार्यहरुको सराहना गर्दै २३औं स्थापना दिवसको शुभकामना दिनुभएको थियो र अस्पताल विकासको लागि सहयोग गर्नु हुने समेत जानकारी गराउनु भएको थियो ।
अन्त्यमा, अस्पताल ब्यवस्थापन उपसमितिका सदस्य तथा लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष लायन अर्जृुन मान सैंंजूू द्वारा उपस्थित हुनुभएका सम्पूर्णलाई धन्यवाद दिई कार्यक्रम समापन गर्नु भएको थियो र कार्यक्रम संचालन लायन्स क्लब अफ बुटवलका सचिव लायन सरदमान श्रेष्ठको संचालन ले गर्नु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij