५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाण्डौ , आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म १ करोड ५० लाखभन्दा धेरै मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

अहिलेसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङको मतपत्र छपाइ सम्पन्न भएको हो । यस्तै धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम ९नवलपरासी०, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी बर्दघाट सुस्ता पूर्व, पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही र रोल्पाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

मङ्गलवारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप ६ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उहाँले बताउनुभयो । अहिलेसम्म १३ हजार ३ सय २१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । अहिले दिनमा १ हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापिइसकेका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ ।

प्रकाशित मिति : बुधबार, माघ २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij