नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा फागुन ५ गते नेपाल बन्दको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा फागुन ५ गते नेपाल बन्दको आह्वान

बुटवल-नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आगामी फागुन ५ गते देशव्यापी नेपाल बन्द सफल पार्न आम नागरिकलाई अपिल गरेको छ। पार्टीको केन्द्रीय समितिले एक अपिल जारी गर्दै वर्तमान राजनीतिक व्यवस्था, संविधान र शासन प्रणालीप्रति असन्तुष्टि जनाउँदै बन्दको घोषणा गरेको हो।
पार्टीले जारी गरेको अपिलमा देशमा विद्यमान राजनीतिक संकटको समाधान वर्तमान संसदीय व्यवस्था र संविधानमार्फत सम्भव नभएको दाबी गरिएको छ। अपिलमा भ्रष्टाचार, बेरोजगारी, राष्ट्रघात, कुशासन, मिटरब्याज, बैंक तथा वित्तीय संस्थाबाट हुने शोषण जस्ता समस्याले आम नागरिक पीडित भएको उल्लेख गरिएको छ।
पार्टीका अनुसार वर्तमान राजनीतिक व्यवस्थाले किसान, मजदुर, विद्यार्थी, शिक्षक, बेरोजगार तथा श्रमिक वर्गका समस्यालाई समाधान गर्न नसकेको आरोप लगाइएको छ। साथै राजनीतिक प्रणालीले सीमित दल, समूह र व्यक्तिको स्वार्थअनुसार शासन सञ्चालन भइरहेको पनि आरोप लगाइएको छ।
अपिलमा संविधानमा परिवर्तन गरी जनताको पक्षमा नयाँ जनसंविधान निर्माण गर्नुपर्ने माग गरिएको छ। त्यसका लागि सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजना गर्नुपर्ने, स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने तथा राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
पार्टीले फागुन ५ गतेको बन्दलाई “जनसंविधान निर्माण र राष्ट्रिय एकताको पक्षमा जनदबाब सिर्जना गर्ने अभियान” का रूपमा वर्णन गरेको छ। बन्दको दिन एम्बुलेन्स, दमकल, कूटनीतिक नियोग तथा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण यातायात र गतिविधि बन्द गर्न आह्वान गरिएको केन्द्रिय सदस्य अमर खड्का ले बताए ।
अपिलमा देशभक्त, जनपक्षधर तथा प्रगतिशील शक्तिहरूलाई बन्द सफल पार्न सहयोग गर्न आग्रह गरिएको छ। साथै आम नागरिकलाई बन्दलाई शान्तिपूर्ण रूपमा सफल बनाउन समेत पार्टीले अनुरोध गरेको छ।
नेपाल बन्दको घोषणासँगै यसको प्रभाव, तयारी तथा सुरक्षा व्यवस्थाबारे सम्बन्धित निकायहरू सतर्क भएका छन्।

प्रकाशित मिति : सोमबार, फाल्गुन ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij