कङ्गोमा दादुराको महामारी,करिब ५ हजार मानिसको मृत्यु

कङ्गोमा दादुराको महामारी,करिब ५ हजार मानिसको मृत्यु

कङ्गो ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५ हजार मानिसको मृत्यु भएको छ।
यो वर्ष मात्रै झन्डै अढाइ लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन्।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले यसलाई संसारै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ।
कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको बिबिसीले जनाएको छ।
कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपत्कालीन कार्यक्रम सञ्चालन गरेका थिए।
तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परेको छ।
त्यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरूले बताएका छन्। प्रभावितमध्ये अधिकांश शिशुहरू छन्

प्रकाशित मिति : शुक्रबार, मंसिर ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij