नेपाल एभरग्रीन पब्लिक इङ्लिस स्कुल मोतिपुरको २७औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

नेपाल एभरग्रीन पब्लिक इङ्लिस स्कुल मोतिपुरको २७औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बुटवल,  नेपाल एभरग्रीन पब्लिक इङ्लिस स्कुल मोतिपुरको २७औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण तिवारी तथा बुटवल उपमहानगरपालिका–१७ का वडा अध्यक्ष ज्ञानबहादुर रेश्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष रेश्मीले शिक्षा नै समाजको समग्र विकासको मूल आधार भएको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा बिना समृद्ध र सभ्य समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै विद्यालयको शैक्षिक विकासमा आफूले विगतदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्राचार्य कपिलमणि ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर सुधार, अतिरिक्त क्रियाकलाप विस्तार तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो। उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि सन्तोषजनक रहेको उल्लेख गर्दै अनुशासन, नैतिक शिक्षा तथा व्यवहारिक शिक्षालाई विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो। साथै उहाँले शिक्षकको समर्पण, अभिभावकको विश्वास तथा व्यवस्थापन समितिको सहयोगका कारण विद्यालयले निरन्तर सफलता हासिल गरिरहेको बताउँदै आगामी दिनमा प्रविधिमैत्री शिक्षण, भौतिक पूर्वाधार विस्तार तथा गुणस्तरीय शिक्षामा अझ बढी जोड दिइने बताउनुभयो।

उहाँले विद्यालयको प्रगति अभिभावक, शिक्षक तथा व्यवस्थापनबीचको सहकार्यको परिणाम भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी र व्यवहारिक शिक्षामा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त अवसरमा विद्यालयका शिक्षकहरूलाई सम्मान गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठ, सल्लाहकार उमानन्द घिमिरे, सञ्चालक समिति सदस्यहरू ठानप्रसाद भुसाल, झङ्कप्रसाद गैरे, पदमराज ज्ञवाली, जगन्नाथ काफ्ले, यमप्रसाद श्रेष्ठ, सूर्यप्रसाद बस्याल, लेखा समिति सदस्य सुरज चतुर्वेदी, धनकुमार पुन, भूपू विद्यार्थी समिति अध्यक्ष इन्द्र न्यौपाने , शिक्षक मिनुता गिरि तथा समाजसेवी खिमानन्द पौडेललगायतले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी सफलताको कामना गर्नुभएको थियो।
कार्यक्रम शिक्षक कुशल पाण्डेको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

 

प्रकाशित मिति : बिहिबार, फाल्गुन ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij