काँग्रेस उम्मेदवारको पक्षमा माहौल बनाउन नेविसंघका पूर्वसभापतिहरुलाई जिम्मेवारी

काँग्रेस उम्मेदवारको पक्षमा माहौल बनाउन नेविसंघका पूर्वसभापतिहरुलाई जिम्मेवारी

 

बुटवल
नेपाली कांग्रेस रुपन्देहीले यही फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई विजयी गराउनका लागि नेपाल विद्यार्थी संघ रुपन्देहीका पूर्व सभापतिहरुलाई जिम्मेवारी प्रदान गरेको छ । पार्टीले रुपन्देहीका १२ जना पूर्व सभापतिलाई यस्तो जिम्मेवारी प्रदान गरेको हो ।
ंनेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खांणद्धारा जारी परिपत्रमा निर्वाचनमा उठाईएका कांग्रेसका उम्मेदवारलाई विजयी गराउन नेविसंघका पूर्व सभापतिहरुको सक्रिय, समन्वयात्मक र परिणामुखी भूमिका हार्य रहेको उल्लेख छ ।
पार्टी संगठन निर्माण , युवा परिचालन तथा बैचारिक नेतृत्वमा पूर्व सभापतिहरुले पुराएको योगदानको उच्च मुल्याकन गरिएको पत्रमा उल्लेख छ । तपाईहरुको सोही अनुभव ,सम्बन्ध, र संगठनात्मक प्रभावलाई मध्यनजर गदैं यहांहरुलाई प्रदान गरिएको जिम्मेवारी सम्बनधीत निर्वाचन क्षेत्र ,वडा , पालिका स्तरमा कार्यकर्ता समन्वय मतदाता भेटघाट घरदैलो कार्यक्रम तथा युवा परिचालनकोलागि विशेष जिम्मेवारी प्रदान गरिएको छ ।
जिम्मेवारी प्रदान गरिएका क्षेत्रमा मतदातासंग प्रत्यक्ष सम्वाद कार्यक्रम संचालन गर्ने ,युवा तथा विद्यार्थीहरुलाई एकीकृत र उत्साहित बनाउने,भ्रामक प्रचार प्रसारको तथ्यगत प्रतिवाद गर्ने, मतदानको दिन अधिकृतम मत कांग्रेसको पक्षमा सुनिश्चित गर्र्न आवश्यक व्यवस्थापन र परिचालन गर्ने कार्यमा उहांहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने छ भन्ने पार्टीले अप्रेक्षा लिएको पत्रमा उल्लेख गरिएको छ । पार्टीले नेबिसंघका पूर्व सभापति हेमराज अर्याल, हरिध्वज मल्ल, फणिन्द्र शर्मा, मोहन शर्मा, शरद भट्रराईाने दीपक पौडेल, शैलेन्द्र पन्थ, जमुना बिष्णु प्रसाद पोखरेल प्रकाश राना र मिलन थापालाई जिम्मेवारी प्रदान गरिएको सभापति खांणद्धारा जारी पत्रमा उल्लेख गरिएको छ । त्यस्तै पूर्व सभापति बालकृष्ण खांणलाई जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा र पूर्व सभापति सु्शिल गुरुङ ३  नम्बर क्षेत्रको उम्मेदवार भएकाले आफनो निर्वाचन क्षेत्रमै खटेर उ  म्मेदवारलाई विजयी बनाउन नेतृत्वदायी भूमिका रहने पार्टीले पूर्ण भरोसा गरेको समेत पत्रमा उल्लेख गरिएको ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij