लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि नेकपा एमाले लुम्बिनी प्रदेशमा बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरेका छन् । उनले एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित हुँदै मुलुक सञ्चालनको नेतृत्वदायी भूमिकामा पुग्ने विश्वास व्यक्त गरे ।

बुटवलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै रुपन्देही क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पौडेलले एमालेले विगतदेखि नै जनपक्षीय काम गर्दै आएको र आगामी दिनमा पनि जनताको पक्षमा दृढतापूर्वक उभिने बताए । उनले जनताको विश्वास र समर्थनका आधारमा एमालेले स्पष्ट जनादेश प्राप्त गर्ने दाबी गरे

पूर्व अर्थमन्त्री पौडेलले रुपन्देही क्षेत्र नम्बर-२ का मतदाता एमालेप्रति सकारात्मक ‘माइन्ड सेट’ बनाएर बसेको उल्लेख गर्दै विभिन्न राजनीतिक प्रक्षेपण र षड्यन्त्रले जनताको निर्णय परिवर्तन गर्न नसक्ने बताए । उनले भने, “रुपन्देही क्षेत्र नम्बर-२ मा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्, तर ती सबै असफल हुनेछन् । यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्छ भन्ने दृढ निर्णय गरिसकेका छन्, त्यो निर्णय परिवर्तन गर्न कसैलाई सजिलो छैन ।

पौडेलले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै विगतमा केही कमजोर मानिएको क्षेत्र नम्बर-४ समेत अहिले बलियो अवस्थामा पुगेको बताए । उनका अनुसार एमाले रुपन्देहीमा पुनः सर्वाधिक बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने चरणमा रहेको छ ।

उनले जिल्लामा सञ्चालन भइरहेका ठूला पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न तथा सम्पन्न आयोजनाहरूको प्रभावकारी सञ्चालनका लागि पनि एमालेको जित आवश्यक रहेको बताए । बुटवल-नारायणगढ सडक, बुटवल-गोरुसिङ्गे सडक विस्तार, सिद्धबाबा सुरुङमार्ग, सिद्धार्थ राजमार्ग स्तरोन्नति तथा कालीगण्डकी-तिनाउ डाइभर्सनजस्ता आयोजना प्रदेशको समग्र विकासका महत्वपूर्ण आधार भएको उनको भनाइ थियो ।

पौडेलले सिद्धार्थ राजमार्ग स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरू सहज रूपमा जोडिने र त्यसले पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले एमालेले केवल निर्वाचन जित्नका लागि मात्र नभई रुपन्देही र समग्र लुम्बिनी प्रदेशलाई नमुना विकासको केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij