लुम्बिनीका २६ मध्ये २१ स्थानमा रास्वपा, माओवादी र काँग्रेसलाई २-२ सिट

लुम्बिनीका २६ मध्ये २१ स्थानमा रास्वपा, माओवादी र काँग्रेसलाई २-२ सिट

 

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित पक्का गरेको छ । लुम्बिनीका केही निर्वाचन क्षेत्रमा मतगणना सम्पन्न भई अन्तिम परिणाम सार्वजकि भएपनि अधिकाशमा गणना जारी छ । यद्यपी ति स्थानहरुमा समेत कसको जित हुने भन्ने करिव पक्का भइसकेको छ ।

रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्र मध्ये ४ वटामा अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जहाँ क्षेत्र नम्बर २ मा सुलभ खरेल, क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापा, क्षेत्र नम्बर ४ मा कन्हैया बानिया र क्षेत्र नम्बर ५ मा तौफिक अहमद खान विजयी भएका छन् । बाँकी रहेको क्षेत्र नम्बर १ मा रास्वपाकै सुनिल लम्सालले भारी मतान्तरका साथ करिव जित पक्का गरेका छन् ।

नवलपरासी पश्चिममा २ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनालले भारी मतान्तरकासाथ जित नजिक रहेका छन् । यसैगरी क्षेत्र नम्बर २ मा पनि रास्वपाकै नरेन्द्र कुमार गुप्ताले फराकिलो अग्रता बनाएका छन् ।

तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्य र क्षेत्र नम्बर २ मा विक्रम थापाले अग्रता बनाएका छन् । क्षेत्र नम्बर २ मा भने नेपाली काँग्रेसका अभिशेखप्रताप शाह विजयी भइसकेका छन् ।

दाङमा पनि रास्वपाले क्निस्वीप गर्ने करिव पक्का भएको छ । तीन वटा निर्वाचन क्षेत्र भएको दाङमा क्षेत्र नम्बर २ बाट विपिन आचार्य विजयी घोषणा भइसकेका छन् भने क्षेत्र नम्बर १ मा देवराज पाठक र क्षेत्र नम्बर ३ मा कमल सुवेदी भारी मतान्तरकासाथ करिव जित पक्का गरिसकेका छन् ।

तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा सबै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । यहाँ क्षेत्र नम्बर १ बाट रास्वपाका सुरेश कुमार चौधरी र क्षेत्र नम्बर ३ बाट खगेन्द्र सुनार विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन् । यसैगरी बर्दियाको क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारु र २ मा श्रीधर पोखरेल फाराकिलो मतान्तरकासाथ जित नजिक छन् ।

 

एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा रास्वपाकै शुसान्त बैदिक जित नजिक छन् । पूर्वी रुकुमबाट नेकपाका पुष्पकमल दाहाल प्रचण्डले जीत हासिल गरेका छन्। रोल्पामा नेकपाकै वर्षमान पुनले फराकिलो अग्रतासहित करिव जित पक्का गरेका छन् ।

अर्घाखाँचीमा रास्वपाका हरि भुसाल विजयी भएका छन्। गुल्मीका पनि दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा सागर ढकाल विजयी भए भने क्षेत्र नम्बर २ मा गोविन्द पन्थी विजयी भए।

पाल्पाको क्षेत्र नम्बर २ मा रास्वपाका माधव बहादुर थापा फराकिलो मतान्तरका साथ करिव जित पक्का गरेका छन् भने क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका सन्दीप थापाले जित निकाल्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij