लुम्बिनीमा साढे २ वर्ष प्रदेश सांसद बन्ने अवधि हुँदै प्रतिनिधिसभा ताकेका ३ उम्मेदवार पराजित

लुम्बिनीमा साढे २ वर्ष प्रदेश सांसद बन्ने अवधि हुँदै प्रतिनिधिसभा ताकेका ३ उम्मेदवार पराजित

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लडेका ३ जना उम्मेदवारको संसद बन्ने सपना यस पटक तुहिइएको छ । प्रदेशसभामा आफ्नो कार्यकाल साढे दुई वर्ष बाँकी रहँदै राजीनामा दिएर संघीय संसद्‌मा उक्लिने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका ४ मध्ये ३ उम्मेदवार असफल भएका हुन् । तीमध्ये एकजना मात्र निर्वाचित भएका हुन् ।

केहीको जमानत समेत जफत भएको छ । २०७९ को प्रदेशसभा निर्वाचनमा रुपन्देही–४ (क)बाट निर्वाचित कन्हैया बनिया, दाङ–३ (ख)बाट निर्वाचित धनबहादुर मास्की, बाँके–१ (क)बाट निर्वाचित कृष्णा केसी र बर्दिया–२ (ख)बाट निर्वाचित धर्मबहादुर चौधरी प्रदेशबाट राजीनामा दिएर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए ।

जसमध्ये बनिया रुपन्देही–४ बाट निर्वाचित भएका छन् । बनिया जनता समाजवादी पार्टी (जसपा)बाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका थिए । उनी २८ हजार ६६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार २६२ मत ल्याए । उनी २०७९ मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाबाट प्रदेशमा निर्वाचित मास्की यो निर्वाचनमा दाङ–३ बाट पराजित भएका छन् । उनले ९ हजार ३२८ मत मात्र ल्याए । उनका प्रतिस्पर्धी रास्वपाका कमल सुवेदी ४४ हजार २४८ मत ल्याएर विजयी भए । मास्की चौथो स्थानमा मात्र रहन सके ।

तत्कालीन माओवादीबाट प्रदेशसभा रहेकी कृष्णा केसी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाँके–१ की उम्मेदवार बनेकी थिइन् । उनले १ हजार २४० मत मात्र ल्याइन् । यो क्षेत्रमा रास्वपाका सुरेश कुमार चौधरीले ३२ हजार ७९२ मत ल्याएर विजयी भएका छन् । केसी प्रतिस्पर्धामै आइनन् ।

बर्दिया–२ बाट उज्यालो नेपाल पार्टी (उनेपा)मा प्रवेश गरी उम्मेदवार बनेका पूर्वमन्त्री समेत रहेका धर्मबहादुर चौधरीले ४ हजार ४७१ मत मात्र ल्याउन सके । यो क्षेत्रमा पनि रास्वपाका श्रीधर पोखरेलले २९ हजार ६७८ मत ल्याएर विजयी भएका थिए । चौधरी पनि प्रतिस्पर्धा आउन सकेनन् ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij