रेडिया सैनामैनाको दोश्रो साधारण सभा तथा अधिवेशन सम्पन्न

रेडिया सैनामैनाको दोश्रो साधारण सभा तथा अधिवेशन सम्पन्न

 

बुटवल,

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले संचार जगत निष्पक्ष र स्वतन्त्र रुपमा अगाडी बढनु पर्ने बताउनु भएको छ ।

सामुदायिक रेडियो सैनामैनाको दोश्रो साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै उहाले पत्रकारले सदैव सरकारको प्रतिपक्ष भएर सरकारलाइ खबरदारी गर्नु पर्नेमा जोड दिनुभयो ।

सरकारसँग नडराई पत्रकारले जनतामा सहि सुचना पुरयाउन सके त्यसले राज्यलाइ जवाफदेखि बनाउने शाहले बताउँनुभयो । सरकारले बजेट , प्रहरी ,सेना न्यायपालिकाको घमण्ड देखाएर सुचना लुकाउने गरेको तर पत्रकारल खोजि खोजी मिडियाको माध्यमबाट जनतामा सुचना ल्याउँने भएकालले सबैले संचार जगतलाइ चौथो अंगको रुपमा मानेको लेखा समितिका सभापती शाहले बताउनु भयो ।

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सांसद शाहले सरकारको काम गराइ यही दिसा र गतीमा अगाडी बढे देशलाइ आर्थिक मन्दीले थला पार्ने बताउनु भयो । आम्दानीका श्रोतहरु बृद्धि गर्न नसकेको, लगानीमैत्री बातावरण बन्न नसकेको र रेमिट्यान्स समेत घटेको अवस्थामा सरकारले गरीरहेको जथाभावी खर्चले देशलाइ आर्थिक मन्दीको दिसा तर्फ धकेलीरहेको शाहले बताउनु भयो ।

अनावश्यक रुपमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई समेत प्यान अनिर्वाय गराई कर लिनुले सरकार गरीब दुखी जनताको पक्षमा छैन भन्ने कुरा पुष्टि भएको उहाको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फडिन्द्र प्रसाद शर्माले लोकतन्त्र स्थापना भएपछि पनि सरकारले संचार जगत माथि नियन्त्रण र हमला गरीरहेको भन्दै त्यसले लोकतन्त्रलाइ नै कमजोर बनाइरहेको बताउनु भयो । पछिल्लो समयमा सरकारले विधेयक मार्फत नै प्रेसमाथि नियन्त्रण गरेर निरङकुस चरित्र देखाएको बताउनु भयो । रेडियो सैनामैनाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै जनतासमँग प्रत्यक्ष जोडिएर रेडियोले काम गरेको बताउँनु भयो ।

आवाज विहिनको आवज बन्दै रेडियोले लागु ओषध प्रयोग र बेचविखन बिरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको बताउँनुभयो । जनतासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरेरे रेडियोले जनताका कुरालाई सम्बन्धि निकायसँग पुराउँने काम गरेको बताउँनुभयो । रेडियोका संस्थापक अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण ),नेपाली काँग्रेसका सैनामैना नगर सभापती रामप्रसाद अधिकारी,नेकपाका सैनामैना नगर अध्यक्ष नारायण न्यौपाने,नेपाल प्रेस युनियनका रुपन्देहीका अध्यक्ष रेखा भुसाल, सैनामैना उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष मोहन राज बानिया,रेडियोका उपाध्यक्ष प्रेम खड्का,सचिब तिलब केसी,कोषाध्यक्ष बिना खड्का लगायतले बोल्दै रेडियोले स्थापनाको छोटो अवधीमै समाजको शसक्तिकरणमा महत्वपुर्ण भुमीका खेल्दै श्रोतामा माझ लोकप्रिय बन्न सफल भएकोमा सुभकामना दिए ।

सोही अवसरमा रेडियोका संस्थापक अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) र कर्मचारीतर्फ समाचार प्रमुख ललित कुमार पाण्डेयलाई सम्मान तथा पुरस्कृत गरीएको थियो । उत्कृष्ट बिज्ञापनदातामा सैनामैना ८ को ड्रिम हाउस ईन्जिनियरिङ्ग र सैनामैना १० को रेड मार्टिन होटल एण्ड लजलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij