JanataToday.com

Advertisment

SKIP THIS

सांस्कृतिक सीप विकासका लागि मोतिपुरमा बाध्यवादन तालिम

सांस्कृतिक सीप विकासका लागि मोतिपुरमा बाध्यवादन तालिम

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ मोतिपुरस्थित श्री मोतिपुर सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको बाध्यवादन तालिम सम्पन्न भएको छ।
सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले स्थानीय युवायुवती तथा समुदायका सदस्यहरूको सहभागितामा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रम एक समारोहबीच सम्पन्न गरिएको हो।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सिर्जनात्मक र सकारात्मक गतिविधितर्फ आकर्षित गर्न सांगीतिक तालिम उपयोगी हुने धारणा व्यक्त गरे। उनले सञ्चालन गरेका तालमिहरूले स्थानीय नागरकिहरूको सीप विकास, आयआर्जन तथा व्यवसायीकरणमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई बुटवल उपमहानगरपालकिाले आवश्यक सहयोग गर्ने प्रतबिद्धता व्यक्त गर्नुभयो।
साथै उनले अहिलेको समयमा सीपसहितको शिक्षाले मानिसको जीवन धेरै सहज हुने बताउँदै नगर भौतिक विकाससँगै मानवीय विकासतर्फ अग्रसर भएको बताए ।
मोतिपुर सामुदायिक सिकाइ केन्द्रले यसअघी पनी उद्यमशीलता तालमि, कम्प्युटर बेसीक तालमि लगायत वभिन्नि सीपमूलक तालमिहरू सञ्चालन गर्दै आएको छ।
बुटवल–१७ का वडा अध्यक्ष ज्ञानबहादुर रेश्मीले समुदायमा क्षमता विकास र सांस्कृतिक संरक्षणका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। त्यस्तै बुटवल–१९ का वडा अध्यक्ष चन्द्रसिंह थापाले समुदायस्तरमा सञ्चालन हुने सीपमूलक तालिमले युवालाई अवसर प्रदान गर्ने उल्लेख गरे। केन्द्रका अध्यक्ष कपिलमणि ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक रन्जित भण्डारी र आशिष थापाले तालिमको अनुभव तथा सिकाइका पक्षबारे जानकारी दिएका थिए।
स्थानीयहरूमा सांगीतिक सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा बुटवल उपमहानगरपालिका वडा नम्बर १७, १८ र १९ का गरी ३५ जना सहभागी भएका थिए। एक महिने तालिममा सहभागीहरूलाई मादल, हार्मोनियम, खैजडी र मजुरा बजाउने आधारभूत सीप तथा सांगीतिक अभ्यासका विषयमा प्रशिक्षण दिइएको सामुदायिक सिकाइ केन्द्रले जनाएको छ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी केन्द्रका सल्लाहकार रणबहादुर रानाले बोलेका थिए भने  प्रशिक्षार्थीको तर्फबाट मनु पाण्डे र सम्भु प्रसाद नेपालले तालिमबाट आफूहरूले नयाँ सांगीतिक सीप सिक्ने अवसर पाएको भन्दै आगामी दिनमा सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा माया थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन इशु पुनले गरेका थिए।
सामुदायिक सिकाइ केन्द्रले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार विभिन्न सीपमूलक तथा क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित मिति : आइतबार, चैत्र १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij