हर्मुज जलमार्ग खोल्ने आवश्यकताबारे ट्रम्प र स्टार्मरबीच छलफल

हर्मुज जलमार्ग खोल्ने आवश्यकताबारे ट्रम्प र स्टार्मरबीच छलफल

STRAIT OF HORMUZ - NOVEMBER 19: In this handout photo provided by the US Navy, The aircraft carrier USS Abraham Lincoln (CVN 72), left, the Royal Navy air defense destroyer HMS Defender (D 36) and the guided-missile destroyer USS Farragut (DDG 99) transit the Strait of Hormuz on November 19, 2019. The Abraham Lincoln Carrier Strike Group is deployed to the U.S. 5th Fleet area of operations in support of naval operations to ensure maritime stability and security in the Central Region, connecting the Mediterranean and the Pacific through the western Indian Ocean and three strategic choke points. With Abraham Lincoln as the flagship, deployed strike group assets include staffs, ships and aircraft of Carrier Strike Group (CSG) 12, Destroyer Squadron (DESRON) 2, the guided-missile cruiser USS Leyte Gulf (CG 55) and Carrier Air Wing (CVW) 7. (Photo by Zachary Pearson- U.S. Navy via Getty Images)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री किअर स्टार्मरबीच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्ने आवश्यकतामाथि छलफल भएको छ । विश्वव्यापी ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न हर्मुज जलमार्ग खोल्न आवश्यक छ भन्ने कुरामा उहाँहरू सहमत हुनुभएको बीबीसीले जनाएको छ ।

‘स्ट्रेट अफ हर्मुज’ विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट ढुवानी हुन्छ । खाडी क्षेत्रका प्रमुख तेल उत्पादक देशहरूले यही बाटो प्रयोग गर्छन् । इरानले भने हर्मुज जलमार्ग सबैका लागि खुला रहेको दाबी गरेको छ ।

यसैबीच इरानले अमेरिकालाई ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न भनेको छ । साथै इरानले यसअघि नष्ट भएका विद्युत् उत्पादन केन्द्रहरू पुनर्निर्माण नभएसम्म ‘स्ट्रेट अफ हर्मुज’ नखोल्नेसमेत जनाएको छ । साथै इरानले इजरायलका ऊर्जा केन्द्र, सूचना तथा सञ्चार प्रविधि पूर्वाधारका साथै क्षेत्रीय देशहरूमा रहेका अमेरिकी लगानीका ऊर्जा केन्द्र र अमेरिकी शेयरधनी भएका कम्पनीहरूमा पनि आक्रमण गर्ने जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज नाका पूर्णरूपमा खोल्न इरानलाई ४८ घण्टाको समय दिनुभएको थियो । इरानले यस क्षेत्रमा इजरायल र अमेरिकी जहाजमाथि ड्रोन र मिसाइल आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij