JanataToday.com

Advertisment

SKIP THIS

चार बर्ष पहिला युवतीमाथि सामुहिक बलत्कार गर्ने अभियुक्त पक्राउ

चार बर्ष पहिला युवतीमाथि सामुहिक बलत्कार गर्ने अभियुक्त पक्राउ

तौलिहवा।
चार बर्ष पहिला एक युवतीमाथि सामुहिक बलत्कार गरि फरार बनेको अभियुक्त पक्राउ परेको छ। जिल्लाको साविक पकडी गाविसहाल मायादेवी गाउँपालिका वडा नं १ मा एक युवतीमाथि ५ जना युवाले सामुहिक बलत्कार गरेका थिए।
जसमध्येका मुख्य आरोपित कलामुद्धिन मुसलमानलाई कपिलवस्तु प्रहरीले हिजो दिउँसो पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकडीले शनिबार दिउँसो मुसलमानलाई पक्राउ गरेको हो।
युवती भारती थिइन्। उनलाई बलत्कार गरेर अभियुक्तले भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने योजना बनाएका थिए। घटना सार्वजनिक भएपछि कपिलवस्तुका अधिकारकर्मीले दोषिलाई पक्राउ गर्न तीव्र दबाब दिएका थिए।
घटना घटेपछि प्रहरीले उतिबेलै दुई जनालाई तत्काल पक्राउ गरेको थियो भने तीन जना फरार रहदै आएका थिए। जसमध्येका एक मुख्य आरोपित शनिबार पक्राउ परेका हुन्। अझै दुई जना भने फरार छन्।

प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij