गुल्मी – प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले गुल्मीमा रहेको ‘‘वृक्ष गगन गृह’’ (ट्रि–हाउस)को उद्घाटन गर्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा ५, ६ र ७ को संगमस्थल उनाचौरमा वन उद्यममा निर्मित ‘‘वृक्ष गगन गृह’’ (ट्रि–हाउस) को शनिबार भव्य समारोहका बीच उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री गिरीले तीनै तहका सरकारको मुख्य जिम्मेवारी जनताको काम गर्ने बताउनुभयो । उहाले प्रदेश सरकारले स्थानीयतहमै रोजगारी सिर्जना गर्नेतर्फ पनि ध्याँन केन्द्रित गरिरहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, रेसुङ्गा नगरपालिकाका नगर–प्रमुख डिल्लीराज भुसाल, डिभिजन वन अधिकृत बोधराज सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा युवराज मरासीनीले उनाचौरको ऐतिहासिक पृष्ठभूमिका विषयमा जानकारी गराउनुभयो । उनायाचौर खड्ग भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनाराम पन्थीको अध्यक्षता, टंक पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।उनायाचौरमा रहेको ४२ फुट अग्लो सल्लाको टुप्पोमा घर निर्माण गरिएको छ ।
त्यहाँ १० जना सम्म बसेर छलफल, बैठक गर्न सकिन्छ । एक सय सिँढी चढेर टुप्पोमा पुगेपछि जिल्लाको सदरमुकाम तम्घाससँगै, अर्घाखाँची, पाल्पा लगायतका स्थानहरुको दृश्य अवलोकन गर्न सकिन्छ । शनिबार सदाका दिनभन्दा बढी ट्रि–हाउसको अवलोकन गर्नेहरुको संख्या धेरै देखिएको टंक पन्थीले जानकारी दिनुभयो । प्रायः रुखको टुप्पोमा पुगेपछि धेरै सेल्फी खिँच्न र टाढाँ–टाढाँका दृश्य अवलोनका लागि लालायित हुने गर्दछन् ।
ट्रि–हाउस आम्दानीको राम्रो स्रोत समेत बन्दै गएको छ । अहिलेसम्म टिकट बिक्रिबाट १ लाख ८९ हजार ७ सय रुपैँया संङलन् भएको बिनाराम पन्थीले जानकारी दिनुभयो । ट्रि–हाउस अवलोकनका लागि टिकटको व्यवस्था गरिएको छ । त्यसका लागि एउटा टिकटको २० रुपँैया खर्चिनुपर्छ । बिद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ ।जेष्ठ नागरीकलाई निःशुल्क ब्यबस्था गरिएको छ । ट्रि–हाउस डिभिजन वन कार्यालय १२ लाख उपभोक्ताहरुको आर्थिक सहयोग १ लाख ३८ हजार गरी १३ लाख ३८ हजारको लागतमा ट्रि–हाउस निर्माण भएको हो । उनायाचौर पार्कसँगै ट्रि–हाउस निर्माण गरिएकाले पनि अहिले सम्म झण्डै २३ हजारले अवलोकन गरेको पन्थीले जानकारी दिनुभयो।
प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्