महिला तथा यौन हिंसाका विरुद्ध सडक नाटक

महिला तथा यौन हिंसाका विरुद्ध सडक नाटक

बुटवल । दीप बोर्डिङ हाई स्कूल बुटवल–८, सुख्खानगरको कक्षा १० का विद्यार्थीहरूले बलात्कार र किशोरी माथि हुने महिला तथा यौन हिंसाका विरुद्ध सडक नाटक तथा हस्ताक्षर संकलन गरेका छन् ।
समाजमा बढिरहेको महिला हिंसा र यसले निम्त्याएको समस्यालाई समाधान गर्न महिला हिंसाविरुद्ध सडक नाटक तथा हस्ताक्षर अभियान सुरु गरिएको हो ।
नाटक प्रदर्शन तथा हस्तारक्षर अभियान ४ दिनसम्म चल्ने र त्यसपछि संकलित हस्ताक्षरलाई पदेश नं. ५ का मुख्यमन्त्रीलाई हस्तान्तरण गर्ने विद्यालयका उपप्राचार्य सुरेन्दकुमार शाक्यले बताए ।

कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूले देवीनगर चौपारी र जेसिजचोकमा सडक नाटक तथा हस्ताक्षर सङ्कलन गरेका थिए भने नाटकमा सारांश थापा, धिरज चौहान, सुजल केसी, संगम खड्का, एलिना शिवाकोटी, प्रशस्त मिश्रा, मधु राना, करुणा भण्डारी, स्नेहा डाला मगर, सुलभ भण्डारी, विनिता बस्याल, सृष्टि पौडेल र सुस्मिता पाण्डेको अभिनय रहेको थियो ।

करुणा थापाद्वारा लिखित नाटकमा महिलालाई यौन हिंसा गर्ने, तेजाब छर्कने र विभिन्न बहानामा गरिने महिला हिंसासम्बन्धी विषयवस्तुलाई समावेश गरिएको छ । आज बुटवलको ट्राफिकचोकमा सडक नाटक देखाइएको हो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij