काठमाडौं-पेट्रोलियम पदार्थको भाउ बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि गरिएको जनाएको छ।
मूल्य वृद्धिपछि विभिन्न वर्गअनुसार पेट्रोलको मूल्य अधिकतम करिब २०२ रुपैयाँ प्रतिलिटर र डिजेलरमट्टितेलको मूल्य करिब १८२ रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोल, डिजेल तथा एलपी ग्यासमा १३ अर्ब २१ करोड घाटा कायम रहेको निगमले बताएको छ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै असहज परिस्थितिमा सहयोग गर्न आह्वान पनि गरेको छ।

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्