विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाउँदै

विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाउँदै

इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा र्‍यालीसहित कार्यक्रमको आयोजना गरिएको छ ।

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा र्‍यालीसहित कार्यक्रमको आयोजना गरिएको छ ।

उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्‍याली दशरथ रङ्गशालामा पुगेर कार्यक्रममा परिणत भएको छ। इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ ।

बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।

इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।

 

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij