रूपन्देही सुपरलिगः साई ग्लोबल ५५ रनले विजयी

रूपन्देही सुपरलिगः साई ग्लोबल ५५ रनले विजयी

भैरहवा, साई ग्लोबल क्लबले भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको सोमबारको खेलमा जित निकालेको छ । उसले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै जित हात पारेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले ४८ ओभर २ बलमा सबै विकेटको नोक्सानीमा २ सय १९ रन बनायो । उसका लागि अजय चाईले ६०, जितेन्द्र केवटले ४५, जावेद खानले ३७, सुभाष यादवले ३० र शैलेन्द्र यादवले १२ रन बनाए । बलिङमा लुम्बिनी शाक्यनका अजमत अलीले ४, आकाश गिरी र रोहित चन्दले २–२ तथा शाह आलमले १ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनी शाक्यन ३६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६४ रन बनायो । उसका लागि कमल विष्टले ३९, अब्दुर शेषले ३०, राहुल ढाडीले २४, शाह आलमले १८, आसिफ मुसलमानले १४ र आशिष नेपालले १० रन बनाए । बलिङमा साई ग्लोबलका शैलेन्द्र यादवले ३, जितेन्द्र केवटले २ तथा अनुप साहनी, सहज अर्याल, शिवकुमार गुप्ता र बासुदेव यादवले १–१ विकेट लिए । खेलमा अजय चाई प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् ।

यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

प्रकाशित मिति : सोमबार, चैत्र २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij