घरबाटै काम गर्न सरकारकाे आह्वान

घरबाटै काम गर्न सरकारकाे आह्वान

काठमाण्डाै – मध्यपूर्व युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले सकेसम्म घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धिसमेत आकाशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले घरबाटै कार्यालयको काम गर्न आह्वान गर्नुभयो ।

मन्त्री रावलले भन्नुभयो, ‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ । पेट्रेलियम पदार्थ खपत नियन्त्रण गर्नका लागि सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा आइतवार पनि बिदा, शैक्षिक संस्था वैशाख १५ गतेदेखि शुरू गर्ने, उच्च पदस्थ व्यक्तिहरूले पाउँदै आएका इन्धन सुविधामा कोटा कटौतीकाे निर्णय गरेका छाैँ । आवश्यक परे यातायातमा जोर–बिजोर प्रणाली लागू गरिनेछ । सरकारले नागरिकलाई घरबाटै काम गर्न र विद्युतीय गाडीको प्रयोग बढाउन आग्रह गर्छ ।’

मन्त्री रावलकाअनुसार सरकारले दीर्घकालीन रूपमा विद्युतीय गाडीको कानूनी व्यवस्थापनलाई अघि बढाएको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij