भैरहवा , रुपन्देही जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजी जुवामा संलग्न २० जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा उसको मातहतबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाका दुई स्थानबाट उनीहरुलाई विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार चैत १९ गते तिलोत्तमा नगरपालिका–७ बाट ९ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका व्यक्तिहरु रहेका छन् । उनीहरुको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको छ ।
त्यसैगरी चैत २७ गते तिलोत्तमा नगरपालिका–१५, कोटिहवाबाट थप ११ जनालाई पक्राउ गरिएको चन्दले बताए । पक्राउ पर्नेमा भारतका विभिन्न स्थानका नागरिकसहित रुपन्देहीका एक पुरुष र एक महिला तथा सुर्खेत घर भई हाल रुपन्देही बस्दै आएकी एक महिला समेत रहेको उनले बताए ।
उनीहरुको साथबाट २३ बन्डल भारतीय बैंकका चेकबुक, २५ थान एटीएम कार्ड, ९१ हजार ७२५ रुपैया नगद, १ थान भारतीय पासपोर्ट, ३० थान आधार कार्ड, ६ थान ल्यापटप, २१ थान मोबाइल, ३ थान पेन ड्राइभ, ३ थान स्ट्याम्प छाप र १ थान राउटर बरामद गरिएको छ ।
चैत १९ गते तिलोत्तमा–७ बाट पक्राउ परेकाहरुमा बासडिह थाना, मिश्रवलिया गाउँ, उत्तर प्रदेश, बलिया बस्ने ३० वर्षिय प्रदिप गुप्ता, कर्नलगंज थाना, बसेरिया, उत्तर प्रदेश, गोण्डा बस्ने २२ वर्षिय पवन कुमार, बासडिह थाना, मिश्रवलिया, उत्तर प्रदेश, बलिया बस्ने २० वर्षिय सतिश कुमार, हुसेनगंज थाना, मोहुवल बजार, बिहार, सिवान बस्ने २१ वर्षका मनु कुमार सोनी, नैरहवा थाना, बिहार, सिवान बस्ने २१ वर्षका अमर कुमार, उमेरी वेगमगंज थाना, गोण्डा, भारतका २१ वर्षका नर सिंह उमेरी वेगमगंज थाना, गोण्डा, भारतका २४ वर्षका राम असिस सिंह, गणपुर थाना, पश्चिम बंगाल, नदिया बस्ने ३१ वर्षका सुदिप तो माझी र हण्डी थाना, वेलहरी, उत्तर प्रदेश, बलिया बस्ने २२ वर्षिय अबिशेष ठाकुर रहेका छन् ।
यस्तै चैत २७ गते तिलोत्तमा–१५, कोटिहवाबाट प्रहरीले ११ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगदिशपुर, भारत बस्ने २८ वर्षका संदिप कुमार, हैदरावाद, तेलङ्गाना, भारतका ४३ वर्षिय एम। डी। हाकिम कुशीनगर, उत्तर प्रदेश, भारतका २६ वर्षका सतेन्द्र सिंह, गोरखपुर, उत्तर प्रदेश, भारतका ३६ वर्षका श्याम सुन्दर, रतनपुर, उत्तर प्रदेश, भारतका २४ वर्षका दिपक पाण्डे, गाजिपुर, उत्तर प्रदेश, भारतका ३२ वर्षिय रियाज अहमद, रसुल्लावाद, कानपुर देहात, भारतका ३५ वर्षको प्रदिप कुमार,१०। भारत दिल्लीकी ३६ वर्षकी तन्नु कुमारी, दिल्ली, भारतकै ३८ बर्षिय राखी झा, ओमसतिया गाउँपालिका–१,रुपन्देही बस्ने ३४ बर्षिय अक्लेश कुमार यादव र सुर्खेत घर भई हाल तिलोत्तमा–१५, कोटिहवा बसोबास भएकी ३८ वर्षिय सिमा राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक चन्दले पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको र अनलाइन सट्टेबाजीमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी रहेको जनाए ।
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्