रुपन्देही सुनचाँदी व्यवसाय संघको दशौँ साधारण सभा सम्पन्न

रुपन्देही सुनचाँदी व्यवसाय संघको दशौँ साधारण सभा सम्पन्न

व्यवसायीको हकका लागि सरकारसँग संघर्ष गर्न तयार:देयशरत्न शाक्य

बुटवल-रुपन्देही सुनचाँदी व्यवसाय संघको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष देयशरत्न शाक्यले व्यवसाय सुदृढ बनाउन व्यवसायीहरूबीच सहकार्य र एकता अपरिहार्य रहेको बताउनुभयो। उहाँले रुपन्देहीका व्यवसायीहरूबीच देखिएका केही समस्या र असमझदारीलाई महासंघले गम्भीर रूपमा लिएको उल्लेख गर्दै कुनै त्रुटि वा कमजोरी भए त्यसलाई महासंघले नै सच्याउने प्रतिबद्धता जनाउनुभयो।

व्यवसायीहरूको हक–हित संरक्षणका लागि आवश्यक परे सरकारसँग संघर्ष गर्न महासंघ तयार रहेको उहाँको भनाइ थियो। शाक्यले सुनचाँदीको आपूर्ति व्यवस्थालाई सहज बनाउनु महासंघको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै बजारलाई व्यवस्थित र सन्तुलित बनाउन निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले समयअनुकूल व्यवसाय सञ्चालनका लागि पारदर्शिता, गुणस्तर र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि प्रहरी निरीक्षक आशिष बिकेले सुनचाँदी व्यवसाय सुरक्षा दृष्टिले संवेदनशील क्षेत्र भएकाले व्यवसायीहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने बताउनुभयो। उहाँले व्यवसाय सञ्चालनका क्रममा सुरक्षा मापदण्ड कडाइका साथ पालन गर्न आग्रह गर्नुभयो। कार्यक्रममा केन्द्रीय सदस्य चेतनारायण विश्वकर्मा विष्णु, सल्लाहकार प्रेम कुमार सेन्चुरी, पूर्व केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, बुटवल अध्यक्ष गोकुल विश्वकर्मा, तिलोत्तमा अध्यक्ष कृष्णलाल रसाइली, सैनामैना अध्यक्ष निर्मल बिके, सिद्धार्थनगर महिला व्यवसायी संघकी अध्यक्ष सलुजा रामदान तथा तिलोत्तमा महिला समितिकी अध्यक्ष बिमला बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संघको आगामी कार्य सफल होस् भन्ने कामना गर्नुभयो।

साधारण सभामा संघका अध्यक्ष गोपाल रामदानले प्रस्तुत गर्नुभएको अध्यक्षीय प्रतिवेदनमा विगत एक वर्षमा भएका गतिविधि, व्यवसायीहरूको हक–हितका लागि गरिएका पहल, बजार व्यवस्थापन, चुनौती तथा आगामी योजनाहरू समेटिएका थिए। त्यसैगरी महासचिव सतिष कुमार कौशल (दीपक) ले संस्थागत प्रगति, कार्यक्रम सञ्चालन तथा प्रशासनिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कोषाध्यक्षको प्रतिवेदन कार्यवाहक कोषाध्यक्ष जीवन गहतराजले प्रस्तुत गर्दै आर्थिक वर्षको आम्दानी, खर्च, बचत तथा आर्थिक पारदर्शिताबारे जानकारी गराउनुभयो। प्रस्तुत सबै प्रतिवेदनहरू साधारण सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ। कार्यक्रमको सञ्चालन महासचिव दीपक कौशल्यले गर्नुभएको थियो भने उपाध्यक्ष मनोज कुमार सेन्चुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारण सभाको अध्यक्षता संघका अध्यक्ष गोपाल विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रममा व्यवसायी, सरोकारवाला तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति : आइतबार, चैत्र २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij