काठमाडौँ । इरानले हालैको युद्धमा करिब २७० अर्ब डलर बराबरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति माग गरेको छ ।
संयुक्त राष्ट्रसंघमा इरानका प्रतिनिधिले आक्रमणमा क्षेत्रीय देशहरूको समेत भूमिका रहेको आरोप लगाउँदै उनीहरूले पनि यसको मूल्य तिर्नुपर्ने बताएका छन् ।
इरान सरकारकी प्रवक्ता फातमेह मोहाजेरानीका अनुसार फागुन २८ देखि सुरु भएको युद्धपछि देशलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २७० अर्ब डलरको क्षति पुगेको छ। उनले एक अन्तर्वार्तामा यस्तो जानकारी दिएकी हुन् ।
संयुक्त राष्ट्रसंघस्थित इरानी दूतले पाँच वटा क्षेत्रीय देशको भूमिबाट इरानमाथि आक्रमण भएको आरोप लगाएका छन् । त्यसैले ती देशहरूले पनि क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । यसैबीच इरानले क्षतिपूर्ति उठाउन होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजमा कर लगाउने प्रस्तावसमेत अघि सारेको छ ।
उता अमेरिकासँग सम्भावित वार्ताको तयारी पनि भइरहेको जनाइएको छ । तर क्षेत्रीय देशहरूको मध्यस्थताबीच पनि इरान आफ्नो अडानमा कडा देखिएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख २ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्