दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

उपसभामुख रुवीकुमारी ठाकुरले विवाह निमन्त्रणा–पत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने सन्देश प्रवाह गर्न आग्रह गरेकी छन्।

काठमाडौंः उपसभामुख रुवीकुमारी ठाकुरले विवाह निमन्त्रणा–पत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने सन्देश प्रवाह गर्न आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमाफ् उनले पछिल्लो समय आफूले प्राप्त गरेका धेरै निमन्त्रणा–पत्रहरूमा दाइजोमुक्त विवाहको भन्ने सन्देश नदेखेको भन्दै उनले समाज अझै दाइजो प्रथाबाट पूर्णरूपमा मुक्त हुन नसकेको बताएकी हुन्।

‘हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनैपनि कार्डमा ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन,’ ठाकुरले सामाजिक सञ्जालमा लेखेकी छन् ‘यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।’

दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नुपनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय विषय भएको उनले बताएकी छन्।

‘यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पु¥याउँछ,’ उनले भनेकी छन्, ‘यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।’

उनले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी नहुने पनि उनले बताएकी छन्। ‘दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं,’ उनले भनेकी छन्, ‘विवाह निमन्त्रणापत्रमा ‘दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु। आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं।’

प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij