लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाइयो

लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक छलफलका लागि समितिमा पठाइयो

दाङ– लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । सातौं अधिवेसनको आइतबार बसेको १२ औं बैठकले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरिन् ।आइतबार बसेको बैठकमा प्रदेश सभा सदस्यहरुले संघीय सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारी प्रति खबरदारी गरेका छन् ।

प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले बैठकमा बोल्दै नेपालको शैक्षिक समस्याको मूल जड विद्यार्थी संगठन नभई शिक्षा प्रणाली नै रहेको जिकिर गरे । बैठकमा प्रदेश सभा सदस्यहरु बसिउद्दिन खाँ, मिनाकुमारी श्रेष्ठ, तुलसीराम शर्मा, चन्द्रकेश गुप्ता, भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी, चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । सातौं अधिवेशनको १३ औं बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

प्रकाशित मिति : आइतबार, बैशाख ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij