दाङ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादले कालापानीमा गएर लम्पसारवादमा परिणत भएको बताउनु भएको छ ।
दाङको दंगिशरण गाउँपालिका वडा नं ७ श्रीगाउँमाआज नेपाली काँग्रेसको चुनावी सभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओलीले विगतमा राष्ट्रवादको नाराले चुनाव जितेको भएपनि आज आएर त्यो राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिनत भएको टिप्पनी गर्नुभयो ।
त्यस्तै उहाले कम्युनिष्टको सरकार बनेपछि सबैभन्दा बढी जनता करको मारमा परेको बताउनु भयो । प्रधानमन्त्री ओलीको सरकारले हुँदा हुँदा गोलभेडा र अण्डामा समेत कर लगाएको तथा एक गाउँवाट अर्को गाउँमा जाँदा खेरी समेत कर लगाएर करको भार जनतालाई थोपरेको भन्दै आलोचना गर्नु भयो ।
सरकारले उपभोक्ता समितिको नामवाट भ्रष्टचार र लुटतन्त्र मच्चाएको देउवाले आरोप लगाए । उहाले अहिलको ओली सरकारको पालामा जस्तो यति ठूलो भ्रष्टचार विगतमा नेपालमा कहिलै नभएको दाबी गर्नु भयो ।
अहिलको कम्युनिष्ट सरकारले २००७ साल क्रान्ति, २०४६ सालको आन्दोलन र २०६२÷०६३ को आन्दोलनवाट ल्याएको प्रजातान्त्रिक तथा गणतन्त्रत्मक हक अधिकार कुण्ठित पारेको दोषारोपन पनि गर्नु भयो ।
त्यस्तै उहाले आफुले हाललाई भनेर बुटवलमा कामचलाउको लागि अस्थायी राजधानी राखेको भएपनि दाङलाई राजधानी बनाउँछु भनेर मुख्य मन्त्री बनेकाहरुले राजधानी दाङमा सार्न किन नसकेको भन्दै प्रंश्न गर्नु भएको थियो ।
कार्यक्रमलाई बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, सहमहामन्त्री, प्रकाशशरण महत, पूर्व अर्थमन्त्री रामशरण महत, पूर्व महामन्त्री कृष्णप्रशाद सिटौला, काँग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, देवेन्द्रराज कँड्ेल,सीला खड्का, पूर्व मन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्य भरत शाह, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, उम्मेदवार केशव आचार्य, पूर्व सांसद गेहेन्द्र गिरी, पूर्व सांसद विमला नेपाली, दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्का लगाएतले सम्वोधन गर्दै लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसलाई विजयी बनाउन अपिल गर्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्