देशका धेरैजसो ठाउँमा गर्मी बढ्यो, तराईमा तातो हावाको लहर चल्ने सम्भावना

देशका धेरैजसो ठाउँमा गर्मी बढ्यो, तराईमा तातो हावाको लहर चल्ने सम्भावना

काठमाण्डाै – केही दिनयता देशका धेरैजसो ठाउँमा गर्मी बढेको छ । यससँगै तराईका जिल्लामा तातो हावा अर्थात् ‘लु’ चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार आज कपिलवस्तुमा ४१ र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका क्षेत्रमा दिन तातो भएको र सुदूरपश्चिम तथा लुम्बिनीका पश्चिमी तराईमा ‘लु’ चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार तराईका जिल्लामा बुधवारसम्म अत्यधिक गर्मीको अवस्था कायम रहने सम्भावना छ । धनगढी, नेपालगञ्जलगायतका ठाउँमा ‘लु’ चल्ने सम्भावना विशेष रूपमा बढिरहेको उहाँले बताउनुभयो ।

जनस्वास्थ्यविद् डा. समीर अधिकारीका अनुसार ‘लु’ लाग्दा हृदयगति तीव्र हुने, रक्तचाप घट्ने, टाउको दुख्ने, चक्कर लाग्ने तथा अचेत हुनेजस्ता समस्या देखिन सक्छन् । गर्मीमा पर्याप्त पानी पिउन, छहारीमा बस्न र जाँड–रक्सी तथा चुरोट–बिँडी नखान उहाँको सुझाव छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, प्रशस्त पानी र फलफूलको रस पिउन तथा अत्यधिक पसिना आएमा जीवनजल सेवन गर्न सुझाव दिएको छ । बाहिर निस्कनैपरे टाउको छोप्ने, छाता प्रयोग गर्ने र खेतबारीको काम बिहान वा बेलुका मात्र गर्न सल्लाह दिइएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij