काठमाण्डौ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुन थालेको छ ।
पूर्वाधार निर्माण कार्यलाई गति दिन गएरातिदेखि हरेक दिन आउँदो जेठ ४ गतेसम्म रातिको समयमा विमानस्थल बन्द हुनेछ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार यो अवधिमा निर्माण कार्य हुनेछ ।
विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सी मार्गमा निर्माण कार्य भइरहेको छ । यसअघि विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालनमा रहँदै आएको थियो ।
विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्