चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जाको हरिनास गाउँपालिका–४ सारुथरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने कुखुरा फार्ममा क्षति पुगेको छ ।

शुक्रबार साँझ स्थानीय तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । चट्याङ लाग्दा फार्ममा रहेका साना-ठूला गरी ५५० वटा कुखुरा मरेका छन् । साथै फार्म पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त घटनास्थलदेखि करिब ३०० मिटर उत्तरतर्फ घरमा बसिरहेका ५८ वर्षीय खिमबहादुर थापा पनि चट्याङको झड्काबाट घाइते भएका थिए ।

उनलाई उपचारका लागि अस्पताल लगिएकोमा शनिबार बिहान प्रदेश अस्पताल पुतलीबजारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, बैशाख १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij