काठमाण्डौ – नेपालमा अन्य देशबाट फर्कँदा संक्रमित भएर आउने आयातित औलोका घटना बढी देखिने गरेका छन् । स्वास्थ्य विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाप्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार नेपालमा भेटिने औलो संक्रमणमध्ये ९७ प्रतिशत आयातित हुने गरेको छ ।
विशेषगरी भारत र अफ्रिकी देशबाट स्वदेश फर्कँदा धेरै मानिस संक्रमित भएर आउने गरेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा ३९ जनामा स्थानीय र १ हजार २५ जनामा आयातित औलो देखिएको छ भने आर्थिक वर्ष २०८०÷८१ मा २४ स्थानीय र ७ सय ६७ आयातित घटना दर्ता भएका थिए ।
डा. दाहालका अनुसार नेपालमा ४२ वटा वडा औलोको उच्च जोखिममा छन् । एनोफिलिज जातका संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट शिशु, पाँच वर्षमुनिका बालबालिका तथा गर्भवती महिला बढी जोखिममा हुन्छन् ।
ज्वरो, काप छुट्ने, टाउको दुख्ने, थकान, भ्रमित अवस्था र सास फेर्न गाह्रो हुने यसका प्रमुख लक्षण हुन् । आज ‘औलो अन्त्य हाम्रो सङ्कल्पः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने नाराका साथ विश्व औलो दिवस मनाइएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्