कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी

कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी

काठमाण्डौ — आजदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी छन् ।

नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा समेटिएका छन् भने जापानको एभरेस्ट स्कुलबाट समेत ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यस वर्ष परीक्षार्थी संख्या घटेसँगै परीक्षा केन्द्रको संख्या पनि घटाइएको छ ।

देशभर १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । गएको वर्ष ५ लाख ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको छ । परीक्षा २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij