प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार

काठमाडौ
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको छ । स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको औषधि बन्द गरिएको छ ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री होसमा आउनुभएको छ ।तर अत्याधिक कमजोरी र सघन उपचारको आवश्यकता भएकाले उहालाई अझै पनि भेन्टिलेटरमै राखिएको छ ।
स्रोतका अनुसार सुधारको क्रम जारी रहेमा उहालाई केही घण्टामा भेन्टिलेटर सहयोगको आवश्यकता पर्ने छैन।
हिजो पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको थाहा लागेको थियो। त्यसपछि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
उहाको स्वास्थ्य अवस्थालाई अस्पतालले स्थिर भनेता पनि पूर्णरुपमा खतरामुक्त घोषणा गरिएको थिएन।
उहालाई बोल्न तथा केही समय कसैसँग भेटघाट गर्न निषेध गरिने पनि डाक्टरहरुले जनाएको छ।

प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij