बुटवल, बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन हुन लागेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा ई–रिक्साले यात्रुलाई ५ रुपैंयाँ छुट दिने भएको छ । बुटवलका बिभिन्न स्थानबाट मेला स्थल बुटवल ११ देवीनगरसम्म जाने यात्रुलाई प्रतियात्रु ५ रुपैंया छुट गर्ने सहमति भएको हो ।
बुटवल उद्योग बाणिज्य संघ र नेपाल ई–रिक्सा चालक व्यबसायी संघबिच बुधबार भएको बैठकले मेलाको प्रचारप्रसारका कम्तिमा सय रिक्सामा मेलाको व्यानर राख्ने र त्यसबापत संघले निश्चित रकम प्रदान गर्ने तथा बुटवलका बिभिन्न स्थानहरु योगिकुटी चोक, देवीनगर चोक र कालिकानगर चोकदेखि मेला स्थलमा आउने जाने यात्रुलाई लिँदै आएको भाडामा ५ रुपैंया छुट गर्ने सहमति भएको मेला सचिवालयले जानकारी गराएको छ । अहिले बुटवलमा नगर क्षेत्र भित्र ई–रिक्सामा यात्रा गर्दा २५ रुपैंया लिँईदै आएको छ । मेला अवधिभर निर्धारित क्षेत्र भित्रबाट मेलामा जाने यात्रुलाई ५ रुपैंया छुट गरि प्रतियात्रु २० रुपैंयाँ लिने सहमति भएको हो ।
उक्त सहमतिमा संघका तर्फबाट मेला प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य मुक्ति अधिकारी र नेपाल ई–रिक्सा चालक व्यबसायी संघ रुपन्देहीका अध्यक्ष लालमणी भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।
संघले पश्चिम नेपाल बस व्यबसायी समितिसंग जिल्लाका ग्रामिण क्षेत्रबाट मेला स्थलसम्म बस सेवा सञ्चालन गर्ने सहमति गरिसकेको छ । बस र ई–रिक्सा एउटै रुटमा चलाउँदा ट्राफिक व्यबस्थापनमा समस्या हुने भएकाले बस र ई–रिक्सा सञ्चालन गर्ने रुट समेत फरक फरक व्यबस्थापन गरिने बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एबम औद्योगिक व्यापार मेलाका उपसंयोजक उज्वल कसजुले बताउनु भयो । ट्राफिक व्यबस्थापनलाई सहज बनाउनकालागि ट्राफिक प्रहरीसंग सहकार्य गरि चुस्त बनाईने उहाँले बताउनु भयो ।
प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्