बुटवल ।नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई भारतले आफ्नो नक्सा पारेर नक्सा सार्वजनिक गरेको बिरोधमा
बिद्यार्थी संगठन न्यू होराईजन कलेजले तिलोत्तमा ड्राईभरमा बिरोध प्रदर्शन गरेको छ ।
बिद्यार्थी भातृ संगठन न्यू होराईजनले भारतीय हस्तक्षप विरुद्ध प्रदर्शन गरेको हो । न्यू होराईजन मा अध्ययन गर्ने बिद्यार्थीलाई उक्त बिद्यार्थी संगठनले सडकमा उतारेको थियो ।
त्यस क्रममा बिद्यार्थीहरुले ‘कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय दादागिरी बन्दगर भन्दै ड्राईभरटोल देखि र्यालि सुरु गरि संकरनगर चोक सम्म पुगेर नेपाली भूमि छोड‘’ लगायतका नारावाजी गरेका थिए ।
बिद्यार्थी नेता सन्तोष डि सि बिद्यार्थी संगठन का नेता गोविन्द के सि को सहकार्यमा बिद्यार्थीहरु सडकमा उत्रीयका थिए।
प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्