प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माविरुद्ध ७ वटा उजुरी

प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माविरुद्ध ७ वटा उजुरी

काठमाण्डौ — प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सातवटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले गएको वैशाख २५ गते शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । आजसम्म उजुरी दिन सकिने समितिले जनाएको छ ।

शर्माविरुद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरु गर्ने समितिको तयारी छ । गएको वैशाख २४ गते संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij