कपिलवस्तु
कपिलवस्तु नगरपालिकाल पशु सेवा ईकाईले मास ब्यवसायी संघ अन्तरक्रिया कार्यक्रम संपन्न गरेको छ । सो अवसरमा नगर उप प्रमुख लक्ष्मी साउ गुप्ताले उपभोक्ताहरुलाई स्वच्छ सफा मासु उपलबब्ध गराउन मापण्ड अनुसार पसल खोल्नु पर्ने बताउनुभयो।
अहिले बजारमा उपभोक्ताहरुलाई ठगी गर्ने गरी मासु बिक्री गर्ने गरिएको भन्ने गुनासो आईरहेको बताउनुभयो । उहाले तोकिएको मापद ण्ड अनुसार मासु पसल संचालन गर्नु पर्ने र मासु पसलको निरन्तर अनुगमन गर्नु पर्ने बताउनुभयो।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले ्रमासु ब्यवसायीले सर्वसधारणको स्वास्थ्यलाई ख्याल गरी मासु बिक्री गर्नु पर्ने बताउनुभयो । उहाले मासु ब्यवासयीले ईमान्दारीप्पुवृ काम गर्नु पर्ने बताउनुभयो।
सो अवसरमा पशु चिकित्सक डाक्टर रुप नारायण श्रेष्ठले स्वच्छ सरफा मासु, बधशाला, मासु जाच ऐन, नियमावली, मासु पसलको मापदण्डका बिषयमा जानकारी गराउनुभयो । उपप्रमुख गुप्ताको अध्यक्षता र भोजराज पाण्डेयको संचालनमा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेल, २ का रामभजन कलवार, पशु चिकित्सक केशव प्रसाद हरिजन लगायतले मन्तब्य राख्नुभएको थियो ।
प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्