स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

 

काठमाडौं । नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पाएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७४ रन बनाएका थिए भने इशान पाण्डेले ५५ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २९ र कुशल भुर्तेलले २८ रन बनाएका थिए । त्यसैगरी स्कटल्याण्डका बलर मार्क वाटले २ विकेट लिए भने ब्राण्डन म्याकुलेनले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनाएका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए । यो जित पछि नेपालको लिग- २ मा २७ खेलमा २२ अंक भएको छ र नेपाल पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै स्कटल्याण्डको भने ३१ खेलमा ३८ अंक रहेको छ र शिर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij