काठमाण्डाै – सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३७८ जना पीडितलाई गरी १३ लाख ९९ हजार २१६ रुपैयाँ फिर्ता गरेर पैसा फिर्ताको काम शुरू गरेको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आज कान्तिपुर सहकारीका २१५ जनाले ९ लाख ८९ हजार ७१६ रुपैयाँ, पशुपति सहकारीका ७ जनाले ४१ हजार ४६५ रुपैयाँ र शिवशिखर सहकारीका १५६ जनाले ३ लाख ६८ हजार ३५ रुपैयाँ गरी कुल १४ लाख रुपैयाँ फिर्ता पाएका छन् ।
यसअघि घोषणा गरिएअनुसार समितिले आजदेखि १० हजार रुपैयाँभन्दा कम बचत रहेका पीडितलाई पैसा फिर्ता दिने काम शुरू भएको हो । १० हजार रुपैयाँभन्दा कम बचत रहेका पीडितलाई क्रमैसँग रकम फिर्ता गर्दै लैजाने समितिले जनाएको छ ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका झन्डै ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये धेरैजसो साना बचतकर्ता रहेका छन् । ५ लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र ५ लाखभन्दा धेरै रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजारमध्ये ५ लाख रुपैयाँभन्दा धेरै बचत गर्ने १८ हजार जना रहेका समितिले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्