दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ । सोमबार राति पर्साको वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो

मंगलबार जिल्ला अदालत पर्सामा उपस्थित गराइएका प्रसाईंविरुद्ध अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने, सामाजिक सद्भाव खलबल्याउने तथा राज्यविरुद्ध उक्साउने गतिविधिमा संलग्न रहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले ‘माथिको आदेश’ अनुसार उनलाई नियन्त्रणमा लिइएको जनाएको छ

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान नेपाल’का संयोजक प्रसाईं एक कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थिए । उक्त कार्यक्रम बुधबारका लागि तय गरिएको थियो ।

प्रसाईं यसअघि पनि विभिन्न राजनीतिक विवाद र अभिव्यक्तिका कारण चर्चामा रहँदै आएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij