असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डाै – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्नेबारेमा जानकारी गराएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेकोले असार १ गतेदेखि नै पढाइ शुरू हुने भनिएको छ ।

विगतमा एसईई नतिजा प्रकाशन हुन ३ महिनासम्म लाग्थ्यो । यसपालि भने १ महिनामै नतिजा आइसकेकाे छ । यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा ११ को पढाइ शुरू हुने गरेकोमा यस वर्ष १ महिनाअघि नै पढाइ शुरू हुन लागेको हो ।

यसैबीच यो वर्ष एसईईको ग्रेडवृद्धि परीक्षा पनि असार १ गतेदेखि नै हुँदैछ ।

 

 

प्रकाशित मिति : बुधबार, जेष्ठ ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij