हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पको हस्ताक्षर

हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पको हस्ताक्षर

काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।
अमेरिकी काँग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ । हङ्कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ ।
राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन र हङ्कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताउनुभयो ।
तर चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई आफुहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइसकेका छन् ।
राष्ट्रपति ट्रम्पले भने चीन र हङ्कङका नेता तथा प्रतिनिधिहरू आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर ती विधेयकहरू लागु गर्न लागिएको बताउनुभयो ।
उक्त विधेयक गत जुन महिनामा हङ्कङमा प्रदर्शनहरू सुरु हुन लाग्दा अमेरिकी काँग्रेसमा प्रस्तुत गरिएको र गत महिना काँग्रेसबाट अत्यधिक बहुमतले पारित भएको थियो ।
विधेयकमा हङ्कङ चीनको भाग हो र त्यसको आफ्नै कानुनी र आर्थिक व्यवस्था छ भन्ने उल्लेख छ ।
त्यसैगरी वार्षिक समीक्षाले हङ्कङको कानुनमा निर्दिष्ट गरिए झैँ त्यहाँका नागरिकको स्वतन्त्रता र कानुनी शासनलाई चीनले चलाए नचलाएको भन्ने विषयको आँकलन गर्नेछ भन्ने लेखिएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij