JanataToday.com

Advertisment

SKIP THIS

नेपाल अपाङ्ग आश्रममा आश्रितहरुलाइ न्यानो कपडाहरु बितरण

नेपाल अपाङ्ग आश्रममा आश्रितहरुलाइ न्यानो कपडाहरु बितरण

बुटवल ।
राष्ट्रिय परोपकार महासंघ रुपन्देही र बुटवल नगरको संयुक्त आयोजनामा न्यानो कपडा बितरण गरिएको छ ।बुटवलको देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा आश्रितहरुलाइ न्यानो कपडाहरु बितरण गरिएको हो ।
जाडोको मौसम शुरु भएकोले उनीहरुलाइ जीवन यापनमा गर्न सहज होस् भन्ने उद्धेश्यले न्यानो कपडा बितरण गरिएको जिल्ला अध्यक्ष नगेन्द्र पाण्डेले बताउनुभयो । कार्यक्रममा महासंघका केन्द्रिय सचिब कृष्णप्रसाद शर्मा तिवारीले महासंघले देशभर सामाजिक काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा आश्रमका अध्यक्ष डोरबहादुर रामजाम, जिल्ला सचिब तुलसीराम भण्डारी,राष्ट्रिय परोपकार महासंघ बुटवल नगर अध्यक्ष बाबुराम तिवारी,सल्लाहकार कपिल ज्ञवाली, महासंघका मुक्तिनाथधाम इकाइका उपाध्यक्ष घनश्याम भण्डारी लगायतले बोल्नुभएको थियो ।
संस्थाले रक्तदान,लत्ताकपडा बितरण, बृक्षारोपण लगायतका काम गर्दै आइरहेको छ । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको भोली शुक्रबार बुटवल १२ मुक्तिनाथधाममा अधिबेशन हुदैछ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij