समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

काठमाण्डौ , समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीन वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित तीन वटा सहकारीका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।

समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक गरेको हो । समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ ।

अन्यथा कानुन बमोजिम असुली गरिने उल्लेख छ । साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ऋणीहरूको नाम सूचीमा उल्लेख छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij