काठमाडौं , नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनसँग खेल्दैछ।
चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले ८७ महिना पछि खेल्न लागेको हा। नेपाल र चीनबीचको खेल आज बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुनेछ।
नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरी पछि पहिलो पटक हुन लागेको हो।
छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनोट हुने लक्ष्यमा छ। नेपालको भने पहिलो खेल हो।
चीनका विरुद्ध नेपाली महिला टोलीलाई तेस्रो पटक मैदान उत्रदैछ। यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक १२ जनवरी २०१९ मा भेट भएको थियो ।
पहिलो भेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल ५ रनले विजयी भएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी० को पछिल्लो वरियतामा नेपाल २२औं स्थानमा रहँदा चीन भने ४३औं स्थानमा छन्।
प्रकाशित मिति : बुधबार, जेष्ठ १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्