JanataToday.com

Advertisment

SKIP THIS

अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको १९जनाको सनाखत

अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको १९जनाको सनाखत

बुटवल ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको १९जनाको सनाखत भएको छ।सन्धिखर्कबाट बुटवल आउदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको थियो।
मृत्यु हुनेहरुमा कपिलवस्तु बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा, सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका(२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् ।
त्यसैगरि कपिलवस्तुको वाणगंगा नगरपालिका ७ बनगाई बस्ने ३ महिनाको बालक शोभाखर पोखेरल, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ बस्ने सिता कुमारी नेपाली, भुनपा ९ कि ५० वर्षीय सिता घिमिरे, भुनपा ९ कि ५० वर्षीय बिष्णु माया गैरे, भुनपा ७ का ५१ वर्षीय मेघनाथ भण्डारी, शितगंगा नगरपालिका १ बस्ने १५ वर्षीय मन्जु बिक, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा नगरपालिका ७ कल्लेरी बस्ने ४८ वर्षीय लोक बहादुर दर्जी, सोहि ठाउँका ५५ वर्षीय हरि बहादुर दर्जी रहेका छन् ।
सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का, भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १८ जनामध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij